Bikash Poudel
Headlines News :

Latest News

 काठमाडौ । एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा देउसी खेल्दै संविधान मागेका छन् ।
एकीकृत नेकपा (माओवादी) जिल्ला सङ्गठन समिति काठमाडौको आयोजनामा भएको देउसी भैलो मार्फत अध्यक्षसँग कार्यकर्ताहरुले समयमै संविधान दिन आग्रह गरे ।
 
सङ्घीयतासहितको संविधान र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू पूरा गर्नका लागि तत्काल राजनीतिक सहमति जुटाउन भैलीमार्फत आग्रह गरिएको एमाओवादी काठमाडौ जिल्ला समितिका अध्यक्ष हिमाल शर्माले बताए ।
संविधानसभाबाटै संविधान जारी गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र त्यसको नेतृत्व एमाओवादीले लिनुपर्ने अनुरोध गरिएको उनले बताए । तोकिएकै समयमा संविधान जारी गर्न आफ्नोतर्फबाट अधिकतम प्रयत्न गर्ने प्रचण्डले देउसी खेल्न आएका आफ्ना कार्यकर्ताहरुसमक्ष प्रतिवद्धता जनाए ।

कांग्रेस-एमालेले संघीयता चाहेका छैनन् : प्रचण्ड


६ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले संघीयता नै नचाहेको आरोप लगाएका छन् । ४-५ वटा प्रदेशको कुरा ल्याउनुले कांग्रेस-एमालेले संघीयता नचाहेको प्रष्ट हुने उनको दावी छ । ‘कांग्रेस-एमालेले संघीयतामा खेलाँची गरिरहेका छन्,’ नेपाल शेर्पा संघका प्रतिनिधिसँग लाजिम्पाटस्थित निवासमा विहीबार विहान भएको भेटमा अध्यक्ष प्रचण्डले भने, ‘उनीहरुको कुरा सुन्दा संघीयतामा जान तयार छैनन् भन्ने लाग्छ ।’

सत्तारुढ दल यही ढंगले अगाडि बढे राज्य पुनर्संरचनामा कुरा नमिल्ने भन्दै उनले पहिचान र संघीयता पक्षधर आन्दोलनमा जानुको विकल्प नहुने धारणा राखे ।
भेटमा सहभागि शेर्पा संघका सल्लाहकार लक्की शेर्पाका अनुसार प्रचण्डले शेर्पाहरुलाई आन्दोलनको लागि तयार रहन आग्रह गरेका थिए । प्रचण्डले अघिल्लो संविधानसभाको राज्य पुनसंरचना समिति र विज्ञ टोली सम्मिलित आयोगले गरेको १४ वा १० प्रदेशको खाकाबाट आफूहरु पछाडि नहट्ने बताएको शेर्पाले जानकारी दिए । १४ प्रदेश भए शेर्पा प्रदेश स्वतः हुने भन्दै प्रचण्डले १० प्रदेश पनि बहुपहिचानका आधारमा भए शेर्पालाई समेट्ने बचन दिएका थिए ।

नेपालले नाच्दै भने-मंसिरसम्म सहमतिको प्रयास

 काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामि मंसिर महिनासम्म संविधानका विवादित विषयमा सहमतिको प्रयास हुने बताएका छन् । त्यसपछि मात्रै प्रक्रिया मार्फत् संविधान निर्माणको काम अघि बढ्ने उनले जानकारी दिए ।
रिपोर्टर्स क्लब नेपालले तोकिएकै समयमा संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले सुरु गरेको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले भने, ‘मंसिर महिनासम्म सहमतिको अधिकतम प्रयास गर्ने हो । त्यसपछि प्रक्रियामा गएर संविधान बनाईन्छ ।’
नेपाली कांग्रेस र एमाओवादीले आँट गर्ने हो भने माघ ८ भित्रै संविधान जारी गर्ने गरि सहमति बन्नसक्ने भन्दै उनले आँट गरेर अघि बढ्न आग्रह गरे । उनले भने, ‘कांग्रेसले आँट गर्ने हो र एमाओवादी जातीय संक्रमणबाट मुक्त हुने हो भने संविधान माघ ८ मै जारी हुन्छ ।’
नेपालले संघीयता सामथ्र्य र पहिचानको आधारमा हुने पनि स्पष्ट पारे । जातीय आधारमा संघीयता हुनै नसक्ने उनको ठोकुवा थियो । देउसी भैलो कार्यक्रममा नेता नेपाल केहीबेर नाचेका पनि थिए ।

ADB to provide financial assistance to control Lampata landslide

31 Aug Babaiyachour. 
The Asian Development Bank (ADB) is to provide financial assistance to control landslide at Lampata of Babiyachour-5 in Myagdi district.
A mission team under the leadership of ADB representative Laxmi Adhikari reached in the district one week ago to monitor the landslide agreed to provide financial assistance through DecentralisedRural Infrastructure and Livelihood ImprovementProject(DRLIP).
Local Development Officer Bishnu Prasad Sharma said that the ADB agreed to provide all the expenses required to operate transport services by controlling the landslide in a long-lasting manner. The site lies along the Beni-Darbang road section.
Sharma added that Rs 27.5 million is the estimated cost for the same. Works would be carried out to control the landslide as per the report and suggestion prepared by a team headed by geologist Nareshman Shakya after carrying out a broad study of the landslide.
Locals of western area in the district have been hit hard due to road obstruction at Lampata following continuous landslide for the past four years.
The infrastructure constructed investing Rs 8.3 million in the fiscal year 2069/70 BS through DRLIP to control landslide of Lampata was destroyed by river eroding and landslide. RSS

Number of passengers exiting Kathmandu for Dashain swells

KATHMANDU, SEP 25
The biggest festival of the Nepalis, Dashain , has formally commenced from today, this year. The ten-day festival is celebrated with fervor and enthusiasm amidst all the rituals associated with it. With the beginning of the festival, the number of people leaving for their homes from the Kathmandu Valley has increased from today by 25,000 than on a normal day. Director General of the Department of Transport Management Kashi Raj Dahal said with the number of people leaving the Valley at this rate, an average number of 85,000 people are expected to exit in a day. The number of people leaving the Valley few days back was 60,000 a day. Most of the public and private schools and colleges have closed for the Dashain holidays from today. Dahal added that some 1.3 million people have exited from the Valley since September 11, the day when the booking for bus tickets was opened. An additional 1.2 million people are expected to leave the Valley in the coming nine days. Some 3,000 buses are said to leave Kathmandu daily for various destinations. An additional 500 buses have been pressed into service this time on the existing fleet of buses, the Department stated.

पल्लवीको जवानीमा कसको आँखा लाग्यो ?

९ बर्षपछि नेपाली सिने नगरीमा फर्किएकी कलाकार पल्लवी भट्ट बालाजु स्टूडियोमा नृत्य गर्दै गरेको अवस्थामा भेटिइन् । ‘गहना’, ‘अभियान’ जस्ता सिरियलमा काम गरेकी उनले ‘पालेदाई’ नाम चलचित्रमा पनि आफूले काम गरेको सुनाइन् । यसपछि सिंगापुर हानिएकी यी कलाकार चलचित्र ‘अलबिदा’को एक आइटम गीतको छायांकनका क्रममा भेटिएकी हुन् । मनिषा पोख्रेलको स्वर, नरेश भट्टराइको शब्दमा समावेश गीतमा पल्लवीले आफ्नो जवानी छल्काइन् । उनलाई चलचित्रका निर्माता एवं कलाकार हसन खानले साथ दिए । भोजपुरी आइटम शैलीको गीतलाई रामेश्वर कार्कीले खिचिरहेका थिए । लक्ष्मण रिजालको निर्देशनमा बनिरहेको यो सिनेमामा आर्यन सिग्देल, अनिता आचार्य, हसन खान लगायतका कलाकारको मुख्य भूमिका छ । फरक जातका यूवायूवतीको प्रेम कथालाई सिनेमाले देखाउन खोजेको छ । पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको जानकारी गराउँदै निर्देशक रिजालले भने-‘अब गीतपछि केही एक्सनका दृश्य खिच्न बाँकी छ ।’

म्यानचेष्टर युनाइटेडको पोष्टमा लिसेस्टरको पाँच गोल

५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिटेस्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । १६ औं मिनेटमा दुई गोलले पछि परेको लिसेष्टरले उत्कृष्ट पुनरागमन गर्दै ५-३ को जित हात पारेको हो । लिसेस्टरेको घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा युनाइटेडले १३ औं मिनेटमा रोविन भानपर्सीको गोलबाट अग्रता लिएको थियो । १६ औं मिनेटमा एन्जल डि मारियाले अग्रता दोब्बर पारे । तर, त्यसको एक मिनेटमा नै लिओनार्डो उल्लोआले घरेलु टोलीको खाता खोले । पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र युनाइटेड २-१ ले अगाडि रहृयो । दोस्रो हाफको ५७ औं मिनेटमा म्यानचेष्टर युनाइटेडका हरेराले गोल गरे । ६२ औं मिनेटमा लिसेस्टरले पेनाल्टी पायो, जसमा न्यूजेन्टले गोल गरे । ६४ औं मिनेटमा लिसेस्टरका क्याम्बीआसोले गोल गर्दै खेललाई ३-३ को अवस्थामा पुर्‍याए । ७९ औं मिनेटमा भर्डीले गोल गर्दै लिसेस्टरलाई ४-३ को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा युनाइटेडले दोहोरो झ्डका व्यहोर्‍यो । भर्डीलाई फल गरेपछि ब्याकेटले रोतो कार्ड पाए भने लिसेस्टरले पेनाल्टीको मौका पायो । उल्लोआले पेनाल्टीमा गोल गर्दै लिसेस्टरलाई युनाइटेडमाथि ५-३ को जित दिलाए ।
Today's Poll

Which Media is best for Advertising?

Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

Online Video :: Coming Soon

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz