नेपालले नाच्दै भने-मंसिरसम्म सहमतिको प्रयास - Bikash Poudel
Headlines News :
Home » » नेपालले नाच्दै भने-मंसिरसम्म सहमतिको प्रयास

नेपालले नाच्दै भने-मंसिरसम्म सहमतिको प्रयास

 काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामि मंसिर महिनासम्म संविधानका विवादित विषयमा सहमतिको प्रयास हुने बताएका छन् । त्यसपछि मात्रै प्रक्रिया मार्फत् संविधान निर्माणको काम अघि बढ्ने उनले जानकारी दिए ।
रिपोर्टर्स क्लब नेपालले तोकिएकै समयमा संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले सुरु गरेको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले भने, ‘मंसिर महिनासम्म सहमतिको अधिकतम प्रयास गर्ने हो । त्यसपछि प्रक्रियामा गएर संविधान बनाईन्छ ।’
नेपाली कांग्रेस र एमाओवादीले आँट गर्ने हो भने माघ ८ भित्रै संविधान जारी गर्ने गरि सहमति बन्नसक्ने भन्दै उनले आँट गरेर अघि बढ्न आग्रह गरे । उनले भने, ‘कांग्रेसले आँट गर्ने हो र एमाओवादी जातीय संक्रमणबाट मुक्त हुने हो भने संविधान माघ ८ मै जारी हुन्छ ।’
नेपालले संघीयता सामथ्र्य र पहिचानको आधारमा हुने पनि स्पष्ट पारे । जातीय आधारमा संघीयता हुनै नसक्ने उनको ठोकुवा थियो । देउसी भैलो कार्यक्रममा नेता नेपाल केहीबेर नाचेका पनि थिए ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz