पल्लवीको जवानीमा कसको आँखा लाग्यो ? - Bikash Poudel
Headlines News :
Home » » पल्लवीको जवानीमा कसको आँखा लाग्यो ?

पल्लवीको जवानीमा कसको आँखा लाग्यो ?

९ बर्षपछि नेपाली सिने नगरीमा फर्किएकी कलाकार पल्लवी भट्ट बालाजु स्टूडियोमा नृत्य गर्दै गरेको अवस्थामा भेटिइन् । ‘गहना’, ‘अभियान’ जस्ता सिरियलमा काम गरेकी उनले ‘पालेदाई’ नाम चलचित्रमा पनि आफूले काम गरेको सुनाइन् । यसपछि सिंगापुर हानिएकी यी कलाकार चलचित्र ‘अलबिदा’को एक आइटम गीतको छायांकनका क्रममा भेटिएकी हुन् । मनिषा पोख्रेलको स्वर, नरेश भट्टराइको शब्दमा समावेश गीतमा पल्लवीले आफ्नो जवानी छल्काइन् । उनलाई चलचित्रका निर्माता एवं कलाकार हसन खानले साथ दिए । भोजपुरी आइटम शैलीको गीतलाई रामेश्वर कार्कीले खिचिरहेका थिए । लक्ष्मण रिजालको निर्देशनमा बनिरहेको यो सिनेमामा आर्यन सिग्देल, अनिता आचार्य, हसन खान लगायतका कलाकारको मुख्य भूमिका छ । फरक जातका यूवायूवतीको प्रेम कथालाई सिनेमाले देखाउन खोजेको छ । पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको जानकारी गराउँदै निर्देशक रिजालले भने-‘अब गीतपछि केही एक्सनका दृश्य खिच्न बाँकी छ ।’
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz