म्यानचेष्टर युनाइटेडको पोष्टमा लिसेस्टरको पाँच गोल - Bikash Poudel
Headlines News :
Home » » म्यानचेष्टर युनाइटेडको पोष्टमा लिसेस्टरको पाँच गोल

म्यानचेष्टर युनाइटेडको पोष्टमा लिसेस्टरको पाँच गोल

५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिटेस्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । १६ औं मिनेटमा दुई गोलले पछि परेको लिसेष्टरले उत्कृष्ट पुनरागमन गर्दै ५-३ को जित हात पारेको हो । लिसेस्टरेको घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा युनाइटेडले १३ औं मिनेटमा रोविन भानपर्सीको गोलबाट अग्रता लिएको थियो । १६ औं मिनेटमा एन्जल डि मारियाले अग्रता दोब्बर पारे । तर, त्यसको एक मिनेटमा नै लिओनार्डो उल्लोआले घरेलु टोलीको खाता खोले । पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र युनाइटेड २-१ ले अगाडि रहृयो । दोस्रो हाफको ५७ औं मिनेटमा म्यानचेष्टर युनाइटेडका हरेराले गोल गरे । ६२ औं मिनेटमा लिसेस्टरले पेनाल्टी पायो, जसमा न्यूजेन्टले गोल गरे । ६४ औं मिनेटमा लिसेस्टरका क्याम्बीआसोले गोल गर्दै खेललाई ३-३ को अवस्थामा पुर्‍याए । ७९ औं मिनेटमा भर्डीले गोल गर्दै लिसेस्टरलाई ४-३ को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा युनाइटेडले दोहोरो झ्डका व्यहोर्‍यो । भर्डीलाई फल गरेपछि ब्याकेटले रोतो कार्ड पाए भने लिसेस्टरले पेनाल्टीको मौका पायो । उल्लोआले पेनाल्टीमा गोल गर्दै लिसेस्टरलाई युनाइटेडमाथि ५-३ को जित दिलाए ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz