Latest News
सफल व्यवसायी रामलालले मनाए चेपाङ वालवालिकासंग जन्मदिन
‘अनुमति नलिएका कन्सल्टेन्सी बन्द गराइन्छ’ अध्यक्ष पाण्डे
मंसिर १५, चितवन । नेपाल सरकारका आधिकारीक निकायबाट अनुमती नलिई सञ्चालनमा आएका कन्सल्टेन्सीलाई चाडैं बन्द गर्न लगाईने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।
चितवनको भरतपुरमा राइटपाथ करियर काउन्सेलिङको शाखा उद्घाटनमा बोल्दै केन्द्रिय अध्यक्ष पाण्डेले अनाधिकृत रुपमा सञ्चालन भएका कन्सल्टेन्सीले विद्यार्थीको करियर माथी खेलवाड गरेको भन्दै तत्काल त्यस्ता कन्सल्टेन्सीलाई बन्द गरिनुपर्ने बताए । ‘इक्यानले विगत लामोदेखि नेपाल सरकारको नियामक निकायबाट अनुमति लिएर गलत तवरले सञ्चालन गरेको कन्सल्टेन्सी ब्यवसायीलाई कानुनी दायरामा ल्याउन पहल गरिरहेको छ अबको एक डेढ महिनामा धेरै कन्सल्टेन्सी बन्द हुन्छन् ।’ उनले भने ।
अध्यक्ष पाण्डेले हाल सञ्चालनमा आएका कन्सल्टेन्सी मध्ये शिक्षा मन्त्रालयमा १४ सय ७३ ओटा कन्सल्टेन्सी दर्ता भएका करिब ७ सय ३० ओटा अनुमतिको प्रक्रियामा रहेका तथा त्यो भन्दा बढि हज्जारौंको संख्यामा रहेका कन्सल्टेन्सीहरु दर्ता विना चलिरहेको बताउँदै अभिभावक विद्यार्थीले सहि कन्सल्टेन्सी छनौटमा ध्यान दिनुपर्ने औल्याए ।
उनले इक्यानले शिक्षा मन्त्रालयसँग सहकार्य गरेर ०७२ सालको शैक्षिक परामर्श निर्देशिका तयार गर्न ठूलो भूमिका खेलिरहेको भन्दै निर्देशिका लागू भएपछि शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित र ब्यवसायीक बनाउन सहयोग पुग्ने बताए ।
अध्यक्ष पाण्डेले कन्सल्टेन्सी ब्यवसायीले विद्यार्थीको सर्वोत्तम हितका लागि सहि परामर्श दिनुपर्ने बताए । ‘हामी ब्यवसायीले पनि विद्यार्थीको रुचि, क्षमता, आर्थिक अवस्था हेरेर एड्मिसन काउन्सेलिङ भन्दा पनि करियर काउन्सेलिङ गर्न आवश्यक छ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले कन्सल्टेन्सीलाई विद्यार्थी बाहिर पठाइरहेको आरोप लगाइरहँदा यदी यो देशमा सरकारले विदेशी विद्यार्थी ल्याउने वातावरण बनाएको खण्डमा आफुहरु नेपाललाई शैक्षिक हव बनाउन लागि पर्ने उद्घोष गरे । ‘चितवनकै कुुरा गर्दा यहाँ मेडिकल सिटी बनाउने हो भने, सरकारले विदेशी विद्यार्थी ल्याउने वातावरण बनाउनुपर्छ, सोहि अनुसारको वातावरण र सामाजिक सुरक्षाको जिम्मा लिनसक्नुपर्छ हामी विद्यार्थी ल्याउन सक्छौं ।’
कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष भानु खरेलले कन्सल्टेन्सीले विद्यार्थीको करियर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सहि सत्यतथ्य सुचना प्रवाह गर्नुपर्ने बताए । उनले अनाधिकृत रुपमा चलेका कन्सल्टेन्सीले गर्दा इमान्दार कन्सल्टेन्सीलाई समेत अभिभावक, विद्यार्थीले विस्वास गर्ने वातावरण नभएको जिकिर गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, हिसान चितवनका अध्यक्ष भुपेन्द्र धिताल लगायतले राइटपाथ करियर काउन्सेलिङको सफलताको शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा बोल्दै राइटपाथका संस्थापक कार्यकारी निर्देशक फिलिप डिसीले राइटपाथले विद्यार्थीको रुचि, क्षमता र योग्यताका आधारमा मात्र करियर काउन्सेलिङ गर्ने गरेको बताए । उनले दुई वर्षमा राइटपाथले दर्जनौ विद्यार्थीलाई स्कलरसहित उच्च शिक्षाका लागि विदेश पठाएको बताउँदै आफुहरुले एड्मिसन काउन्सेलिङ गर्नुभन्दा पनि करियर काउन्सेलिङ गर्दै आएको जिकिर गरे । ‘दुई वर्षमा हामीले जति विद्यार्थी उच्च शिक्षाका लागि विदेश पठाएका छौं अधिकांश विद्यार्थीले स्कलरशिप पाएका छौं, यसमा हामी गर्व गर्दछौं ।’ उनले भने ।
सन् २०१६ बाट सञ्चालनमा आएको राइटपाथले अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत जस्ता प्रतिष्ठित देशका लागि काम गर्ने गरेको छ । राइटपाथमा विद्यार्थीहरुले क्ष्भ्ीत्क्, त्इभ्ँी, क्ब्त्, एत्भ्, न्ःब्त्, न्च्भ्, व्ीएत् जस्ता कक्षा समेत सञ्चालन गर्नेछ ।
संकटा वाइन एण्ड बेभरेज प्रा.लि द्धारा रत्ननगरमा सेवा विस्तार
क्यानभास वाईन कम्पनीको र्माकेटिङ डाइरेक्टर हरि बास्तोलको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वि चितवन मदीरा व्यवसायि संघका अध्यक्ष मनिष अधिकारी,अधिकृत बिक्रेता नारायणी लिर्कुका प्रोपाइटर उमेश गिरी ,एरिया सेल्स मेनेजर राजेन्द्र न्यौपाने अतिथि रहनुभएको थियो ।
रत्ननगर उघोग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मिको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा रत्ननगर वडा नं २ का वडा सदस्य अपिल अधिकारी,सामाजिक अभियन्ताहरु प्रल्हाद सापकोटा,सुरेशचन्द्र आचार्य,युवा व्यवसायि सौगात भुजेल लगायतको सहभागिता रहेको थियो ।
नयाँ शक्तिका संयोजक डा भट्टराई गिरफ्तार
निर्वाचन आयोगमा धर्ना दिन गएका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ । नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिन भन्दै नयाँ शक्तिले आइतबारदेखि देशैभरका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम अन्तर्गत जमलमा रहेको आयोगमा धर्ना दिन गएका भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको हो । भट्टराई संगै नेत्री हिसिला यमीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
नयाँ शक्तिले यसअघि नै गत बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको थियो । शनिबारसम्मको समयसीमा दिएर नयाँ शक्तिले ऐन संशोधन नभए आइतबारदेखि आन्दोलन सुरु गर्ने घोषणा यसअघि नै भएको थियो । सोही अनुसार नयाँ शक्तिले आइतबार र सोमबार निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिन लागेको हो । निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले षड्यन्त्र र बेइमानी गरेको भन्दै ऐन संशोधनका लागि संघर्ष गर्न बाध्य भएको नयाँ शक्तिले यसअघि नै पार्टीको धारणा सार्वजनिक गरेको छ ।
रत्ननगर नगरपालिका वडा नंं. ९ माओवादी केन्द्रको अध्यक्षमा मेघनाथ पौडेल
चितवन, १२ चैत
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नंं. ९ माओवादी केन्द्रको अध्यक्षमा मेघनाथ पौडेलले सर्वसहमत चयन भएका छन् । रत्ननगरको साविक दुई वडा ( ६ र ७ गाभीएर बनेको वडा नं. ९ को एकता भेलाले पौडेलको अध्यक्षतामा दुई सदस्य मनोनित गर्ने गरि २५ सदस्य वडा समिति सर्वसहमत निवाएचित गरेको हो । जसको उपाध्यक्षमा बुद्धि विक, सचिवमा दिपेन्द्र ओस्ती, सह–सचिवमा तूलसी न्यौपाने र कोषाध्यक्षमा पूसौनी महत्तो छन् भने सदस्यहरुमा क्रमश ः हिरा पौडेल, नन्दू रेग्मी, गोपाल पौडेल, शेखर पौडेल, कृष्ण लामा, विकास पौडेल, मन्नू महत्तो, दूम्कला ओझा, निर्मला बिक, सानोबाबू परियार, मनू पाठक, सूकै चौधरी, धनञ्जय शर्मा, टंकनाथ पौडेल, मिना चौधरी(महत्तो), मान ब. थापा मगर, राजेश्वर खतिवडा रहेका छन् ।
वाईसियल अध्यक्षमा धनन्जय
त्यस्तै भेलाले माओवादी केन्द्रको प्रमुख सहायक संगठन वाइसिएलको पनि गठन गरिएको छ । धनन्जय शर्माको अध्यक्षतामा २३ सदस्य वडा कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा गंगा आचार्य, सचिवमा भावुक पौडेल, सह–सचिवमा र कोषाध्यक्षमा रुपसागर महतो रहनु भएको छ । जसको सदस्यमा क्रमश विकास पौडेल, राजरोज, सुशिल थपलिया, सरोज कार्की , खड्ग बहादुर मैनाली, सफल घिमिरे, समुन घिमिरे, सन्तोष मैनाली, राजन चौधरी, वल बहादुर मैनाली, विष्णु पोखरेल, रामु, सुरेन्द्र वस्ती, असिम रिजाल, विशाल ओझा, रविन्द्र खतिवडा र राजेश परियार रहेका छन् ।
सल्लाहकार संयोजकमा बाबुराम
त्यसै गरी उक्त भेलाले बाबुराम घिमिरेको संयोजकत्वमा होमनाथ रेग्मी, सविता पौडेल, बालकृष्ण विक एवं शंकर धिताल र एक सदस्य मनोनित गर्ने गरि ६ सदस्य सल्लाहकार समिति गठन गरेको छ ।
साविक वडा नं. ६ का अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा पार्टी पोलिटपियुरो सदस्य एवं जिल्ला इञ्चार्ज इश्वरी भट्टराईको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पार्टी पोलिटपियुरो सदस्य फणिन्द्र आचार्य, जिल्ला सह–ईन्चार्ज कञ्चन खनाल, नगर संयोजक राजु अम्गाई, फ्याक्सन ईन्चार्ज संगिता भट्टराई लगायतका नेताहरुको शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा एमाले परित्याग गरि मनु पाठक पार्टी माओवादीमा प्रवेश गरेकी थिईन् ।