हृदयघात भएका ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार - Bikash Poudel
Headlines News :
Home » » हृदयघात भएका ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार

हृदयघात भएका ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार

एमाओवादी नेता बाबुरामदेखि शाहका आमा रत्नसम्म अस्पताल पुगे 

५ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयघात भएपछि शाहलाई शनिबार राति नर्भिक अस्पताल भर्ना गरिएको थियो । शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । ‘समान्य उपचार भइरहेको छ । नर्मल रिकभेरीको फेजमा हुनुहुन्छ
’ डा भरत रावलले भनेका छन् । शाहका निजी सचिव फडिराज पाठकले स्वास्थ्य अवस्था स्थीर रहेको भन्दै भोलि डिस्चार्ज हुने सक्ने चिकित्सकहरुले बताएको जानकारी दिए । कोरोनरी रक्तनलीलाई इन्जियोप्लाष्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूवर्क खोलिएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा कठिनाइ भएपछि अस्पताल भर्ना भएका शाहलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएपछि स्वास्थ्यलाभको कमना गर्न विभिन्न दलका नेताहरु समेत अस्पताल पुगेका थिए । पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले शाहलाई नै भेटर स्वास्थ्यलाभको कामना गरेका छन् । आफू मानवीय नाताले ज्ञानेन्द्रलाई भेट्न अस्पताल गएको उनले बताए । पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, तुलसी गिरी, कीर्तिनिधि विष्ट पनि अस्पताल पुगेका थिए । अस्पतालमा समर्थक तथा शुभचिन्तकको बाक्लो उपस्थिति थियो । पूर्वराजपरिवारका सदस्यहरुको आवत जातव बाक्लो थियो ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz