यौन खेलौनालाई महिलाको लास भनेर पुलिस झुक्किएपछि…. - Bikash Poudel
Headlines News :
Home » » यौन खेलौनालाई महिलाको लास भनेर पुलिस झुक्किएपछि….

यौन खेलौनालाई महिलाको लास भनेर पुलिस झुक्किएपछि….

कसैले हत्या गरेर लास फ्याँकेको भन्दै अनुसन्धानमा जुटिसकेको प्रहरी टोली अन्ततः लाजमर्दो अवस्थामा पुग्नुपर्यो । हत्याको घटनाको छानविन गर्न भन्दै कस्सिएको पुलिस त्यतिबेला फिस्स भयो जब लास भनिएको त्यो चिज कुनै मान्छेको लास नभएर यौन खेलौना थियो । यो दक्षिण कोरियाको घटना हो । राजधानी सिओल नजिकैको जियोंगी प्रान्तमा स्थानीय प्रत्यक्षदर्शीले सार्वजनिक स्थानमा कोही मानिसको शव रहेको भनेर पुलिसलाई खबर गरे । कसैले मारेर शव फ्यालेको हुनसक्ने आशंकामा उक्त घटनाको अनुसन्धान गर्न झण्डै ५० जना प्रहरी अधिकारीहरु घटनास्थलमा आए । टाढाबाट हेर्दा पानीको कुलो नजिकै एक जना महिलाको शव लडिरहेको जस्तो देखिन्थ्यो । कसले मारेर महिलालाई फ्याँक्यो होला भन्ने कुराले सबैमा डर बढिरहेको थियो । तर त्यो डर तब लाजमा परिणत भयो जब प्रहरीहरु उक्त वस्तु नजिकै गएर त्यसलाई ओल्ट्याइपल्ट्याइ गर्दा पो त्यो लास नभएर फुलाउन सकिने यौन खेलौना रहेको तथ्य खुलासा भयो । उक्त सेक्स डलको जिउ समेत मानिसकै छालाको रंगको रहेको र छुँदापनि सुरुमा मानिसकै छाला छोएजस्तै हुनाले सुरुमा त मानिसै पो हो की भन्ने पनि लाग्यो । समाचार अनुसार यस्ता उच्चस्तरीय यौन खेलौनाहरु जापानबाट आयात गरी दक्षिण कोरियाका एडल्ट स्टोर तथा वेश्यालयहरुमा समेत बेचिन्छ ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz