राजेन्द्र आचार्य,
चितवन, असोज २,
नेपालको शैक्षिक विकासको लागि सरकारले छिट्टै नयां शिक्षा ऐन र नियमवाली कार्यान्वयन गर्ने तयारीमा मन्त्रायलय रहेको शिक्षा सह–सचिव डिल्लीराम रिमालले बताएका छन् ।
जिल्ल शिक्षा कार्यालय चितवनले गरेको कामकार्वाहीको अनुगमनका लागि चितवन आएका रिमालले शिक्षा कार्यालयका पदाधिकारीहरुसगं गरेको छलफलमा यस्तो बताएका हुन् । ऐन, नियम नहुदां शिक्षा क्षेत्रमा धेरै समस्या भएको थियो –उनले भने, ऐन नियम शंसंोधन प्रक्रिया केहि दिनमा नै हल हुनेछ । उनले निजि विद्यालय जस्तै सरकारी विद्यालय पनि कार्यशैली परिर्वतन गर्न सबै विद्यालयलाई निर्देशन गर्न जिल्ला शिक्षा अधिकारीलाई आग्रह पनि गरेका थिए । उनले समयमा नै सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई कार्वाही प्रक्रिया अगाडी बढाउन शिक्षा कार्यालयलाई निर्देशक समेत दिए ।