बजार अनुगमनः देखाउने दाँत, फेरि भेटियो, बजारमा ‘अखाद्य वस्तु’ - Bikash Poudel
Headlines News :
Home » » बजार अनुगमनः देखाउने दाँत, फेरि भेटियो, बजारमा ‘अखाद्य वस्तु’

बजार अनुगमनः देखाउने दाँत, फेरि भेटियो, बजारमा ‘अखाद्य वस्तु’

उमेश काफ्ले, 
चितवन असोज २
चितवनमा अखाद्य वस्तु र म्याद नाघेका खाध्य वस्त तथा पेय पदार्थ वेचीने क्रम रोकीएको छैन् ।चार्डपर्व लक्षित गरि जिल्ला प्रशासन कार्यालय चितवनले आज गरेको वजार अनुगमनका क्रममा यस्तो चरम लापरवाही गर्ने गरेको भेटिएको हो । आज जिल्ला प्रशासन कार्यालयले टाडी बजारमा गरेका अनुगमनको क्रममा म्याद नाघेको खाद्य सामाग्री तथा पेय पदार्थ भेटिएको छ । जिल्ला प्रशासन कार्यलय चितवनका प्रशासकिय अधिकृत श्रीकान्त सापकोटाको नेतृत्वमा गएको टोलिले एक दर्जन भन्दा बढि पसलमा अनुगमन गरेको थियो । सो क्रममा अधिकांस पसलले मुल्य सुचि नराखेको,दर्ता बिनानै संचालनमा गरेको र केही पसलहरुमा म्याद नाघेका सामाग्रीहरु भेटिएका छ । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य सामाग्री आजै नष्ट गरिएको छ । अनुगमन टोलीले म्याद नाघेका सामाग्री नबेच्न र मुल्य सुची टास गरि राख्न व्यवसायीलाई निर्देशन समेत दिएको छ । अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय,रत्ननगर नगरपालिका,रत्ननगर उद्योग वाणिज्य संघ,उपोभोक्ता अधिकार संरक्षण मञ्च,पत्रकार लगाएतको सहभागीता रहेको थियो । यस अघि वुधवार बाणिज्य विभाग र प्रशासनले चितवनको रामनगरमा भएको अनुुगमनका क्रममा होटल दर्तैबिना सञ्चालन भइरहेको र फोहोर खानेकुरा खुवाउने गरेको पाइएको थियो । अनुगमनमा रामनगरका पाँचवटा होटल विना दर्ता संचालन गरिएको र भान्सा फोहर रहेको पाइएको हो ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz