भगवान हनुमानका नाममा परिचयपत्र जारी - Bikash Poudel
Headlines News :
Home » » भगवान हनुमानका नाममा परिचयपत्र जारी

भगवान हनुमानका नाममा परिचयपत्र जारी

बुवाको नाम पवनजी, ठेगाना वडा नं. ६, पंचायत समितिको नजिग , रामगढ सीकर दातारामगढ, राजस्थान-३३२७०३, परिचयपत्रको नम्बर २०९४७०५१९५४१ । यो कुनै जोक होइन । भारत सरकारले जारी गरेको हनुमान देवताको नाउँको बायोमेटि्रक परिचयपत्रको विवरण हो । भगवान हनुमानको नाममा बायोमेटि्रक परिचयपत्र जारी भएको घटनाले अहिले राजस्थानमा हंगामा मच्चिएको छ । प्रहरीले यसको अनुसन्धान समेत सुरु गरिसकेको छ । हनुमानकै स्वरुपको तस्वीर अंकित उक्त परिचयपत्रमा हनुमानको फोन नम्बर पनि उल्लेख गरिएको छ । बीबीसी हिन्दीका अनुसार हुलाकका कर्मचारीले उक्त परिचयपत्र सम्बन्धित ठेगानामा पूराउन लग्दा पवनजीको छोरा हनुमानजी फेला पर्न सकेनन् । त्यसपछि उनले परिचयपत्रको तस्वीर हेरे । तब उनी झसँग भए, त्यहाँ त भगवान हनुमानकै तस्वीर छ । त्यसपछि उनले त्यो कुनै भद्दा फट्याइँ हो भन्ने थाहा पाए । कार्डमा उल्लेखित फोन नम्बरमा फोन गर्दा फोन नलागेको राजस्थानको हुलाक विभागले जनाएको छ । अब उक्त कार्डलाई युनिक आइडेन्टिफिकेसन अथोरिटी अफ इन्डियाको बैंगलोर अफिसमा पठाइने बताइएको छ । यस्तो फर्जी कार्ड तयार पार्ने स्थानीय केन्द्र तथा अपरेटरलाई कारवाही गरिने सरकारी अधिकारीले जनाएका छन् । यस्तो काम गर्ने अधिकारीलाई सेवाबाट स्थायी रुपमा बर्खास्त गरिने र त्यस्तो एजेन्सीको दर्ता खारेज गरिने उनको भनाइ छ । भारतमा सन् २०१० देखि राष्ट्रिय परिचय पत्र वितरणको अभियानलाई तिब्रता दिइएको छ । यस अन्तरगत १ अर्ब २० करोड जनसंख्याको आँखाको आइरिस, औँठाछाप तथा तस्वीर सहितको बायोमेटि्रक परिचयपत्र बनाउने योजना सरकारको छ । यहीँ परिचयपत्रको आधारमा नागरिकले राज्यप्रदत्त सेवा सुविधा पाउँछन् ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz