चितवनका दुईवटै बोर्डर आउट पोष्टको निरीक्षण - Bikash Poudel
Headlines News :
Home » » चितवनका दुईवटै बोर्डर आउट पोष्टको निरीक्षण

चितवनका दुईवटै बोर्डर आउट पोष्टको निरीक्षण

रेनुका भुसाल,
चितवन, भदौं १८,
शसस्त्र प्रहरी बल सिमा सुरक्षा चितवनका नवनियुक्त प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेती सहितको टोलीले चितवनका दुइवटै बोर्डर आउट पोष्टहरुको निरीक्षण तथा स्थानीय जनप्रतिनिधीहरुसंग अन्तरक्रिया गरेको छ ।
टोलीले नेपाल भारत अन्तरदेशीय सीमा सुरक्षा समेतको जिम्मेवारीसहित चितवनको दक्षिणी सीमा क्षेत्रमा रहेको माडीको छरछरे र बाँदरझुलामा स्थापित बोर्डर आउट पोष्टहरुको निरीक्षण गरेको हो । निरीक्षणसंगै दुईवटै पोष्टहरुमा स्थानीय जनप्रतिनिधीहरुसंग शसस्त्र प्रहरी बलको भूमिका र जिम्मेवारीहरुका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । निरीक्षण टोलीमा एसपी उप्रेतीसंगै शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक जनक पुरी र रेडियो माडीका निर्देशक देब ‘अञ्जान’ शाह लगायतको सहभागिता थियो ।
छरछरेस्थित क्याम्पमा आयोजित विशेष अन्तरक्रियामा सहभागीहरुले बि.ओ.पी. क्याम्पको स्थापनाबाट सोमेश्वरको नाकामार्फत हुनेगरेका तस्करी र आपराधिक गतिविधिहरुमा निकै कमी आएको र स्थानीय जनतामा शान्ती सुरक्षाको आभाष हुन सकेको धारणा व्यक्त गरेका थिए । उनीहरुले हाल अस्थायी आवासमा रुपमा सोमेश्वर मध्यवर्ती उपभोक्ता समितिको भवनमा बसेको क्याम्प प्राबिधिक दृष्टिले उपयुक्त हुने स्थानमा सार्नुपर्ने र सीमा अतिक्रमण रोक्न तथा सोमेश्वर गढीको संरक्षण गर्न खटिनुपर्नेमा जोड थिए ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz