वीपीको शतवार्षिकी स्वास्थ्यकर्मी संघले भव्य मनाउने - Bikash Poudel
Headlines News :
Home » » वीपीको शतवार्षिकी स्वास्थ्यकर्मी संघले भव्य मनाउने

वीपीको शतवार्षिकी स्वास्थ्यकर्मी संघले भव्य मनाउने

चितवन, भदौं १८,
वीपि कोईरालाको शतवार्षिकीको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ वीपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । विगतका वर्षहरुमा वीपी कोईरलाको जन्मजयन्ती अवसरमा विभिन्न कार्यक्रम गरिदै आएको भए पनि यसवर्ष वीपिको शतवार्षिकी परेकाले भव्य तरिकाले मनाउन लागिएको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ । साप्ताव्यापी कार्यक्रम अन्तरगत अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम, गैंडाकोट उद्योग वाणिज्य सघंको सभाहलमा बृहत क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविर, अस्पताल  परिसरमा सरसफाई कार्यक्रम गर्न लागिएको सघंका अध्यक्ष्ँ रमेशराज पाण्डे जानकारी दिनुभयो । त्यस्तै चितवनमा देखिएको रगत अभावलाई मध्यनजर राख्दै अस्पताल परिसरमा बृहत रक्तदान कार्यक्रम, अस्तपालमा रहेका विरामीहरुलाई फलफुल वितरण तथा अन्तिम दिन वीपी कोईरलाको शालिकमा माल्यापर्ण गरी वीपी र स्वास्थ्यको अपरीहार्य विषयक विचार गोष्ठी गरिने सघंका सचिव रमेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz