असोज ३१ गतेबाट ‘आगो–२’ - Bikash Poudel
Headlines News :
Home » » असोज ३१ गतेबाट ‘आगो–२’

असोज ३१ गतेबाट ‘आगो–२’

मदन घिमिरे निर्देशित फिल्म पछिल्लो ‘आगो–२’ आउदो असोज ३१ गते देशभर प्रर्दशनमा आउने भएको छ । केहि वर्ष पहिले निर्मित फिल्म ‘आगो’ केहि हद सम्म सफल थियो । उक्त समयको सफलता र ‘आगो’को क्रेज पुनस्पाउने आशा निर्माण युनिटले लिएको छ । किसान पोख्रलको प्रस्तुतीमा ‘आगो–२’ त्यसैको सिक्वेलका रुपमा ल्याएका हुन् । किरण थापा, गुणराज भण्डारी, विजय लामाको लगानीमा निर्मित फिल्ममा शिवम् अधिकारीको पटकथा संवाद, रोशन श्रेष्ठको दन्द् ,राजु शाहको नृत्य चलचित्रमा रहेको छ । समाजका विकृति, विसंगती, आम नेपालीको वेरोजगारी पिडा, स्वास्थ्य, शिक्षा लगायतका बिषयलाई फोकस गरिएको निर्माण युनिटले जानकारी दिएको छ । यो फिल्ममा शुशिल क्षेत्री, प्रीया रिजाल, गणेश उप्रेती, गणेश गिरी, सारिका घिमिरे, हेमन्त बुढाथोकी, सुन्दर श्रेष्ठ, राधा श्रेष्ठ लगायतका कलाकारको भूमिका रहेको छ । आगोको चर्चित गीत ‘माया बस्यो मुटुमा’ समेत रिमिक्स गरेर यो फिल्ममा समाबेश गरिएको छ ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz