आईएसको अड्डामा हवाई आक्रमण - Bikash Poudel
Headlines News :
Home » » आईएसको अड्डामा हवाई आक्रमण

आईएसको अड्डामा हवाई आक्रमण

भदाै ३१ - विद्रोही समूह ईस्लामिक स्टेट आईएसलाई परास्त गर्न बनाइएको रणनीति अनुसार अमेरिकाले कारबाही सुरु गरेको छ । अमेरिकाले विद्रोही समूह आईएसको अड्डामा हवाई आक्रमण थालेको अन्तर्रािष्ट्रय सञ्चार माध्यमले जनाएका छन् ।
यो हवाई आक्रमण आईएस लडाकु विरुद्ध संघर्ष गरिरहेका सेनाको मद्दतका लागि भएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गएको हप्ता आईएस विरुद्ध कारबाहीको रणनीति पेस गर्नुभएको थियो ।
रणनीति पेस भएपछि आईएस विरुद्धको यो पहिलो कारबाही अभियान हो । सिरिया र इराकमा सक्रिय विद्रोही संगठन आईएस विरुद्धको कारबाही अभियानमा अमेरिकालाई ३० वटा देशले सहयोग गर्ने भएका छन् ।

Share this article :

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz