गुएनामा इबोलाबाट ४६० को मृत्यु - Bikash Poudel
Headlines News :
Home » » गुएनामा इबोलाबाट ४६० को मृत्यु

गुएनामा इबोलाबाट ४६० को मृत्यु

१६ भदौ, कोनाक्रि । गुएनामा इबोला भाइरसका कारण ४ सय ६० जनाको मृत्यु भएको छ । प्राणघातक सङ्क्रमण इबोलाबाट ४ सय ६० जना मारिएको गुएनाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इबोला संक्रमित ७ सय बिरामी भेटिएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । रोगको सङ्क्रमण देखिएपछि ४५ जना स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन पुगेका बताइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ती सङ्क्रमितमध्ये २६ जना मारिएका छन् । बाँकी स्वास्थ्यकर्मीको उपचार भइरहेको छ । 

सङ्क्रमणको नियन्त्रणका लागि त्यहाँको स्वास्थ्य मन्त्रालयले विभिन्न १६ स्थानमा स्वास्थ्य जाँच चौकी स्थापना गरेको छ । तर स्वास्थ्यकर्मी नै मारिएपछि उपचारका लागि निकै कठिनाई भइरहेको छ । यस सङ्क्रमणले अफ्रिकी देशहरुलाई शिकार बनाएको छ र जसका कारण एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । रासस/सिन्हृवा
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz