
उनका अनुसार अर्थमन्त्रालयले गृह मन्त्रालयलाई दैलेख जिल्ला
प्रशासनमार्फत् राउटेलाई सहयोग बाँड्न तत्काल निकासा गर्ने भएको छ ।
राउटेहरूले दसैंअगावै रकम पाउने गरी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
केही समयअघि राजधानी आएका राउटेहरूले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी
चाडपर्व मानउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । मन्त्रिपरिषदको बिहीबार
बसेको बैठकले प्रतिपरिवार १० हजारका दरले राउटेलाई सहयोग गर्ने निर्णय
गरेको छ ।