एमाले चितवनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने - Bikash Poudel
Headlines News :
Home » » एमाले चितवनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

एमाले चितवनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

चितवन, असोज २,

नेकपा एमाले जिल्ला कमिटि चितवनले नेपालीहरुको महानपर्व दशै, तिहार, छठ र इदका अवसरमा बृहत शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
असोज ११ गते शनिवार बिहान ११ बजे जिल्ला पार्टि कार्यालयमा हुने शुभकामना कार्यक्रमलाई व्यवस्थित बनाउन एमाले जिल्ला उपसचिव पार्वती रावलको संयोजकत्वमा ७ सदस्यीय समिती नै गठन गरि काम अघि वढाएको छ । शुभकामना कार्यक्रमलाई सम्वोधन गर्न एमाले केन्द्रिय पदाधिकारी आउने संयोजक रावलले जानकारी दिनुभयो ।
संयोजक रावलका अनुसार एमाले पार्टिको आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत नै गर्न शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हो । कार्यक्रममा अन्य राजनैतिक दलका प्रतिनिधी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, नागरीक समाजका ब्यक्तित्वहरु, पेशागत संगसंगठनका प्रतिनिधीहरु, छिमेकी जिल्लाका पार्टि प्रमुखहरुलाई आमन्त्रण गरिने संयोजक पार्वती रावलले जानकारी दिनुभयो ।
Share this article :

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz