चोरीबाट बच्न सिकाउदै प्रहरी - Bikash Poudel
Headlines News :
Home » » चोरीबाट बच्न सिकाउदै प्रहरी

चोरीबाट बच्न सिकाउदै प्रहरी

सन्दिप भट्ट,
चितवन, भदौ १८,
जिल्लामा चोरीका घटनाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले जनचेतना मूलक कार्यक्रमलाई तिव्रता दिएको छ । भरतपुरका विभिन्न स्थानहरुमा दिनहुं जसो चोरीका घटना हुन थालेपछि प्रहरी कार्यालयले सर्वसाधरणलाई जम्मा गरेर अन्तरक्रियाहरु गर्न थालेको छ । 
चोरी कसरी हुन्छन्, कसरी सतर्क रहने, प्रहरीसंग कसरी सम्पर्क गर्ने तथा जनता र प्रहरीबीचको समन्वयलाई कसरी मजबुद बनाउनेलगायतका विषयमा अन्र्तरक्रियामा छलफल हुने गरेका छन् । गणेश मन्दिर टोल विकाश संस्था र विकाश चोक टोल विकाश संस्थाको सहकार्यमा आज चोरी नियन्त्रण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

गणेश मन्दिरका उपाध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) शान्तिराज कोइराला प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै डिएसपी कोईरालाले जनता र प्रहरीबीचको समन्वय राम्रो भए अपराध नियन्त्रणमा सहज हुने बताए । कोइरालाले प्रहरी कार्यालयले जनशक्तिले भ्याए सम्म अपराध नियन्त्रणका लागि सक्दो प्रयास गरेको  भएपनि सर्वसाधारणले सहयोग नगरे अपराध नियन्त्रणमा कठिनाई हुने बताएका थिए । 
कार्यक्रममा विकाश टोलका अध्यक्ष केशव पोखरेल, उज्वल टोलका अध्यक्ष ईश्वरी श्रेष्ठ, नगरस्तरीय टोल समन्वय समितिका सचिव नारायणप्रसाद वलीलगाएतले मन्तव्य राख्दै अपराधी नियन्त्रणका लागी आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताएका थिए । सो अवसरमा भरतपुर १३ र १४ का ३ सय भन्दा बढी स्थानियको सहभागीता रहेको थिए ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz