सफल व्यवसायी रामलालले मनाए चेपाङ वालवालिकासंग जन्मदिन - Bikash Poudel
Headlines News :
Home » , , , , , , » सफल व्यवसायी रामलालले मनाए चेपाङ वालवालिकासंग जन्मदिन

सफल व्यवसायी रामलालले मनाए चेपाङ वालवालिकासंग जन्मदिन

चितवन १५ मंसिर । रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकाका लागि शनिवार खाद्यान्न सहयोग गरिएको छ । लक्ष्मी पोल्टी फर्म तथा भूषाल सप्लायर्सका सञ्चालक रामलाल भूषाल र उनका छोरा अमृतको जन्मदिनको अबसरमा एक हप्तालाई पुग्ने खाद्यान्न सहयोग गरिएको हो ।
केन्द्रमा आयोजित एक औपचारिक कार्यक्रममा प्रदेश साँसद कञ्चन खनालले वालवालिकालाई खाद्यान्न हस्तान्तरण गरेकी थिइन । सो अबसरमा साँसद खनालले सामाजिक काम गरेरे मनाउने जन्मदिन सार्थक हुने बताइन । सामाजिक सेवामा हैसियत हुने हरेक नागरिक अग्रसर हुनुपर्ने धारण राखेकी थिईन् । भने प्रदेश सरकाले सामाजिकमा सक्रिय बन्नेलाई उचित सहयोग गर्ने निति ल्याएपछि यो कार्य थप तीव्र हुने बताईन् ।
जन्मदिनकै अबसरमा भूषालले चेपाङ वालवालिकालाई भोजन समेत गराएका थिए । सो अबसरमा भूषालले जन्मदिन मनाउन हुने फजुइल खर्च कटौती गरी चेपाङ वालवालिकालाई खाद्यान्न र विपन्न समुदायका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको बताए ।
केन्द्रका उपाध्यक्ष प्रकाशमणि सापकोटाको अध्यक्षतमा भएको सो कार्यक्रममा पूर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष भीमनारायण श्रेष्ठ, नेपाल पोल्टी सप्तायर्सका कल्याणकारी संघका अध्यक्ष रामकृष्ण अर्याल,पूर्वी चितवन पत्रकार संघका उपाध्यक्ष राजेन्द्र आचार्य,केन्द्रमा आश्रित बालक हेमराज चेपाङ लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी जन्मदिनको अबसरमै रामलाल भूषालले भरतपुर २५ मा रहेको राष्टिय आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियो ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz