मंसिर १५, चितवन । नेपाल सरकारका आधिकारीक निकायबाट अनुमती नलिई सञ्चालनमा आएका कन्सल्टेन्सीलाई चाडैं बन्द गर्न लगाईने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।
चितवनको भरतपुरमा राइटपाथ करियर काउन्सेलिङको शाखा उद्घाटनमा बोल्दै केन्द्रिय अध्यक्ष पाण्डेले अनाधिकृत रुपमा सञ्चालन भएका कन्सल्टेन्सीले विद्यार्थीको करियर माथी खेलवाड गरेको भन्दै तत्काल त्यस्ता कन्सल्टेन्सीलाई बन्द गरिनुपर्ने बताए । ‘इक्यानले विगत लामोदेखि नेपाल सरकारको नियामक निकायबाट अनुमति लिएर गलत तवरले सञ्चालन गरेको कन्सल्टेन्सी ब्यवसायीलाई कानुनी दायरामा ल्याउन पहल गरिरहेको छ अबको एक डेढ महिनामा धेरै कन्सल्टेन्सी बन्द हुन्छन् ।’ उनले भने ।
अध्यक्ष पाण्डेले हाल सञ्चालनमा आएका कन्सल्टेन्सी मध्ये शिक्षा मन्त्रालयमा १४ सय ७३ ओटा कन्सल्टेन्सी दर्ता भएका करिब ७ सय ३० ओटा अनुमतिको प्रक्रियामा रहेका तथा त्यो भन्दा बढि हज्जारौंको संख्यामा रहेका कन्सल्टेन्सीहरु दर्ता विना चलिरहेको बताउँदै अभिभावक विद्यार्थीले सहि कन्सल्टेन्सी छनौटमा ध्यान दिनुपर्ने औल्याए ।
उनले इक्यानले शिक्षा मन्त्रालयसँग सहकार्य गरेर ०७२ सालको शैक्षिक परामर्श निर्देशिका तयार गर्न ठूलो भूमिका खेलिरहेको भन्दै निर्देशिका लागू भएपछि शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित र ब्यवसायीक बनाउन सहयोग पुग्ने बताए ।
अध्यक्ष पाण्डेले कन्सल्टेन्सी ब्यवसायीले विद्यार्थीको सर्वोत्तम हितका लागि सहि परामर्श दिनुपर्ने बताए । ‘हामी ब्यवसायीले पनि विद्यार्थीको रुचि, क्षमता, आर्थिक अवस्था हेरेर एड्मिसन काउन्सेलिङ भन्दा पनि करियर काउन्सेलिङ गर्न आवश्यक छ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले कन्सल्टेन्सीलाई विद्यार्थी बाहिर पठाइरहेको आरोप लगाइरहँदा यदी यो देशमा सरकारले विदेशी विद्यार्थी ल्याउने वातावरण बनाएको खण्डमा आफुहरु नेपाललाई शैक्षिक हव बनाउन लागि पर्ने उद्घोष गरे । ‘चितवनकै कुुरा गर्दा यहाँ मेडिकल सिटी बनाउने हो भने, सरकारले विदेशी विद्यार्थी ल्याउने वातावरण बनाउनुपर्छ, सोहि अनुसारको वातावरण र सामाजिक सुरक्षाको जिम्मा लिनसक्नुपर्छ हामी विद्यार्थी ल्याउन सक्छौं ।’
कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष भानु खरेलले कन्सल्टेन्सीले विद्यार्थीको करियर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सहि सत्यतथ्य सुचना प्रवाह गर्नुपर्ने बताए । उनले अनाधिकृत रुपमा चलेका कन्सल्टेन्सीले गर्दा इमान्दार कन्सल्टेन्सीलाई समेत अभिभावक, विद्यार्थीले विस्वास गर्ने वातावरण नभएको जिकिर गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, हिसान चितवनका अध्यक्ष भुपेन्द्र धिताल लगायतले राइटपाथ करियर काउन्सेलिङको सफलताको शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा बोल्दै राइटपाथका संस्थापक कार्यकारी निर्देशक फिलिप डिसीले राइटपाथले विद्यार्थीको रुचि, क्षमता र योग्यताका आधारमा मात्र करियर काउन्सेलिङ गर्ने गरेको बताए । उनले दुई वर्षमा राइटपाथले दर्जनौ विद्यार्थीलाई स्कलरसहित उच्च शिक्षाका लागि विदेश पठाएको बताउँदै आफुहरुले एड्मिसन काउन्सेलिङ गर्नुभन्दा पनि करियर काउन्सेलिङ गर्दै आएको जिकिर गरे । ‘दुई वर्षमा हामीले जति विद्यार्थी उच्च शिक्षाका लागि विदेश पठाएका छौं अधिकांश विद्यार्थीले स्कलरशिप पाएका छौं, यसमा हामी गर्व गर्दछौं ।’ उनले भने ।
सन् २०१६ बाट सञ्चालनमा आएको राइटपाथले अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत जस्ता प्रतिष्ठित देशका लागि काम गर्ने गरेको छ । राइटपाथमा विद्यार्थीहरुले क्ष्भ्ीत्क्, त्इभ्ँी, क्ब्त्, एत्भ्, न्ःब्त्, न्च्भ्, व्ीएत् जस्ता कक्षा समेत सञ्चालन गर्नेछ ।