बिकास पौडेल
चितवन स्थित रत्ननगर ३ शान्तिचोकमा रहेको आई–कम प्रा.लि.मा शनिवार बिहान ३ बजे आगोलागी भएको छ । आई–कम प्रा.लि.को कम्पाउण्ड भित्र रहेको बिजुलीको हाईटेन्सन लाइनको अलमूनियमको क्वाईलको रोल अचानक आगोलागी भएको हो । आगोलागी भएको खबर प्राप्त हुने बित्तिकै ईलाका प्रहरी कार्यालय रत्ननगर बाट प्रहरी प्रमुख प्र.ना.उ. नारायण रंजीतकारको कमांडमा टोली परिचालितभई आगोलागी नियन्त्रणमा लिनको लागि भरतपुरबाट दमकल मगाई दमकल मार्फत आगो नियंत्रणमा लिईएको र आगोलागी बाट १८ वटा अलमूनियम तारको क्वाईल रोलहरू जलेको र अन्दाजी नब्बे लाख बराबरको क्षेती भएको अनुमान गरीएको प्रहरी प्रमुख रंजीतकारले जानकारी दिए l