बिकास पौडेल
असोज २२, चितवन
हिन्दुहरूको महान् पर्व बडादशैको अवसर पारेर चितवन स्थिति रत्ननगर नगरपालिका वार्ड नम्बर६ , मोहनामा रहेको श्री जनचेतना यूवा समूह मोहनाले घटस्थापनाको दिन बाट विविध साँस्कृतिक कार्यक्रम तथा दुर्गा पुजा आर्धाना कार्यक्रम सञ्चालन गरिरहेको छ ।२० गतेका दिन बाट विविध कार्यक्रमहरू सञ्चालन गरेकोछ । आज महिला र पुरुषको छुटाछट्टै घैटो फुटाइ प्रतियोगिता सम्पन् गरेको छ । महिला तर्फ कमला ढुङ्गाना र पुरुष तर्फ दिननाथ पौडेलले घैटो फुटाउन सफल हुनु भएको छ । आज सम्ममा आइपुग्दा स्थानीयको उत्साजनक सहभागिता रहेको र सहयोग आउने क्रम पनि निरन्तर रहेको अध्यक्ष खड्क बहादुर मैनालीले जानकारीदिनु भएको छ । आफ्नो कला धर्म संस्कृतिसंरक्षण गर्न यूवालाई प्रोत्साहन हुनेर संस्कृति संरक्षण मा टेवा पुग्ने संस्थाले बिश्वास रहेको अध्यक्ष मैनालीले बताउनु भएको छ ।संस्थाले भोलि बिवाहित पुरुष र अबिवाहित पुरुष बिच फुटबल प्रतियोगिता , हुने संस्थाका कोषाध्यक्ष शंकर पौडेलले जानकारी दिनुभएको छ ।