१२ कार्तिक, काठमाडौं
धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेको एकीकृत नमुनावस्ती आज राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपीडित परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
शुक्रबार बिहान यो वस्ती राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सीताराम कट्टेल९धुर्मुस०ले जानकारी दिए ।
कुल ३५ रोपनी जग्गामा करीब ५ करोड लागतमा निमार्ण गरिएको वस्तीमा ६५ वटा घरसहित एक सामुदायिक भवनसमेत रहेको छ । वस्तीमा खेल्नका लागि बालबच्चाहरुलाई पार्कसहित खेल मैदान समेत बनाइएको छ ।
बस्तीमा रहेका प्रत्येक घरहरु अपाङ्गमैत्री छन् । वस्तीका घरहरुमा हृवील चियरबाट सबै घरहरुमा पुग्न सकिन्छ । नमुनावस्ती बालमैत्री, भूकम्पमैत्री छ ।
नष्चबलअजबगच)मजगचmगक(कगलतबष्(िदबकतष्(ज्ञगिरानचउरको ३५ रोपनी क्षेत्रफलमा ६५ वटा घर निर्माण भएको छ । तीनवटा ब्लकमा निर्माण गरिएको वस्तीमा ब्लक ‘ए’मा २३ घर, दुईवटा सार्वजनिक धारा, पार्किंङ, लगायतको सुविधा रहेको छ । त्यस्तै प्लक बीमा २७ घर रहेको छ । व्लक सीमा १५ घर र्साजनिक धारा, शौचालय, खेल मैदान, सामुदायिक भवन रहेको छ ।
सरकारले भूकम्प आएदेखि नै एकीकृत वस्ती विकास गर्ने बताइरहेका बेला धुर्मुस र सुन्तलीले व्यक्तिगत पहलमा सहयोग जुटाएर यो वस्ती निर्माण गरेका छन् । उनीहरुको उदाहरणीय कामलाई राष्ट्र प्रमुखले सहभागिता जनाएर हौसला बढाएकी छिन् ।