सी जिनपिङले चाइनिज बोल्दा प्रचण्डले कसरी बुझे ? - Bikash Poudel
Headlines News :
Home » , , , » सी जिनपिङले चाइनिज बोल्दा प्रचण्डले कसरी बुझे ?

सी जिनपिङले चाइनिज बोल्दा प्रचण्डले कसरी बुझे ?

११ कार्तिक, काठमाडौं

 भारतको गोवा भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो एवं अन्तरंग कुराकानी गरेको यसअघि नै चर्चामा आइसकेको छ । तर, भाषाको एउटा ‘जादू’का विषयमा भने खासै चर्चा भएको छैन ।

चिनियाँ नेताहरु अन्तरराष्ट्रिय फोरममा प्रायः अंग्रेजी भाषा नबोलेर आफ्नै देशको भाषा बोल्ने गर्छन् । यस्तो बेलामा दोभाषेको प्रयोग गरिन्छ ।

प्रधानमन्त्री प्रचण्डले भने( सी जिनपिङले चाइनिज बोल्नुभो, मैले अंग्रेजीमा सुनें । मैले सुन्दा अंग्रेजी सुनिने, उहाँले बोल्दा चाइनिज बोल्ने १

तर, अब प्रविधिले यस्तो बनाइदिएको छ कि वीचमा दोभाषेको खासै जरुरत छैन । प्रधानमन्त्री प्रचण्डका अनुसार गोवामा यसपटक यस्तै भयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ भाषामा बोलेको कुरा प्रधानमन्त्री प्रचण्डले दोभाषेविनै बुझेर जवाफ फर्काए ।

दुई नेतावीचको भएको माध्यम भाषाबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने( ‘डेलिगेसन लेभलमा सी जिनपिङले चाइनिज बोल्नुभो, मैले अंग्रेजीमा सुनें । मैले सुन्दा अंग्रेजी सुनिने, उहाँले बोल्दा चाइनिज बोल्ने ।’

त्यसैगरी आफूले अंग्रेजीमा बोलेको कुरा सी जिनपिङले चाइनिज भाषमा सुनेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने( ‘मैले अंग्रेजीमा बोलें, उहाँले चाइनिजमा सुन्नुभो ।’

तर, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रतिक्षालयमा भएको अनौपचारिक कुराकानीका बेलामा चाहिँ आफूले अंग्रेजीमा र सीले चिनियाँ भाषामा बोलेका कुराहरु दोभाषेले रुपान्तरण गरिदिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

फ्रेञ्च भाषामा गरिएको कुराकानी अंग्रेजीमा सुनिने प्रविधि निकै पहिले नै भित्रिइसके पनि चिनियाँ भाषमा यसको प्रयोग भर्खरै भएको जानकारहरु बताउँछन् । चीनमा जनस्तरमा यो प्रविधि सन् २०१७ बाट प्रयोगमा आउने बताइएको थियो । नेपालका प्रधानमन्त्रीसँग  चिनियाँ राष्ट्रपतिले यही प्रविधि प्रयोग गरेका हुन् ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz