काठमाडौं २८ असोज |अब रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कान्तिपुर दैनिकमा समाचार छ।कतारमा काम गर्ने, बस्ने र घरफिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ ।फाइल फोटोयसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो । कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्षसम्म अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाए लगत्तै कतार जानेबाटो खुल्नेछ ।नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् ।तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ ।उक्त मितिदेखि कानुन कार्यान्वयनमा आउने सार्वजनिकजानकारी दिन व्यापक प्रचारप्रसार गरिने कतारी समाचार समिति (क्यूएनए) ले जनाएको छ । नयाँ स्पोन्सरसिप कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न कतारले गैरकानुनी रूपमा बस्दै आएका कामदारका लागि तीन महिने आममाफी दिइसकेको छ ।आममाफीको अवधि डिसेम्बर १ बाट सकिँदैछ ।
Home »
Chitwan News
,
International News
» कतारमा काम गर्ने नेपालीलाई खुसीको खबर अब कतारमा कामदारलाई कानुन खुकुलो