बिकास पौडेल
असोज २४, चितवन
असोज २४, चितवन
हिन्दुहरूको महान् पर्व बडादशैको अवसर पारेर चितवन स्थिति रत्ननगर नगरपालिका वार्ड नम्बर६ , मोहनामा रहेको श्री जनचेतना यूवा समूह मोहनाले घटस्थापनाको दिन बाट विविध साँस्कृतिक कार्यक्रम तथा दुर्गा पुजा आर्धाना कार्यक्रम सञ्चालन गरिरहेको मा आज एक समारोहका बिच समापन गरिएको छ । छ ।२० गतेका दिन बाट विविध कार्यक्रमहरू सञ्चालन गरेका कार्यक्रमका बिजेताहरूलाई आजनै पुरस्कार बितरण गरिएको छ । त्यस्तै संस्थाले आज गाउका जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । समुहले दुर्गा पुजा समापनको अवसर पारेर हालै पोखरा बाट इलाक प्रहरी कार्यालय रत्ननगर मा सरुवाभई आउनु भएका प्रहरी नायव निरीक्षक नारायण://youtu.be/dOwOaZVx924 रञ्जितकारलाई सम्मान एवं स्वागत गरिएको छ । कार्यक्रममा मिलिजुली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामेश्वर महतो रहनु भएको थियो । कार्यक्रममा स्थानीय विभिन् संघ संस्थाका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए भने कार्यक्रम संस्थाका अध्यक्ष खड्ग बहादुर मैनालीको अध्यक्षतामा सम्पन भएको थियो ।