बाढी पीडितलाई पनि भूकम्प प्रभावितलाई सरह राहत : प्रधानमन्त्री - Bikash Poudel
Headlines News :
Home » , , , » बाढी पीडितलाई पनि भूकम्प प्रभावितलाई सरह राहत : प्रधानमन्त्री

बाढी पीडितलाई पनि भूकम्प प्रभावितलाई सरह राहत : प्रधानमन्त्री

प्युठान, असोज १५

 प्रधानमन्त्री पुष्पकमल दाहालले प्युठानका बाढी पीडितहरुलाई भूकम्प पीडित सरह राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्र प्युठानमा अवलोकन गर्न आनुभएका प्रधानमन्त्री दाहालले पीडितहरुको स्थायी पुनर्वासका लागि प्रति परिवार ८ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

गएको साउन १० र ११ गतेको अविरल वर्षाका कारण जिल्लाको दर्जन बढी गाविसमा पहिरोमा पुरिएर ५२ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएकाका परिवार एवं विस्थापित घर परिवारका सदस्यलाई राहत दिन सरकारको तर्फबाट कन्जुस्याईं नगर्ने बताउनुभयो ।

घटस्थापनाको दिन पारेर शनिबार प्युठान आउनुभएका प्रधानमन्त्रीले ज्यान गुमाएकाका परिवारलाई दसैँ खर्चका लागि तत्काल १५ हजार रुपैयाँ उपलब्ध गराउने पनि घोषणा गर्नुभएको छ । आफू प्रधानमन्त्री भए लगत्तै मृतकका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गर्नुभएको प्रधानमन्त्रीले सरकार पीडितको साथमा रहेको उल्लेख गर्नुभयो ।
पहिरोमा पुरिएर स्थानीय बासिन्दाको ज्यानगएको घटनाले आफूलाई र्माहत बनाएको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले सम्बन्धित कार्यालयलाई विशेष योजना बनाएर कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

विकासबाट पछि परेका प्यूठान बासिले बुझाएको ज्ञापनपत्र प्राथमिकताका आधारमा पूरा गरिने आश्वासन दिनुभयो ।एक अर्को प्रसँगमा उहाँले अहिले मुलक सकरात्मक गतिबाट अगाडी बढेको बताउनु हुँदै उहाँले सहमतिकै आधारमा संविधान संशोधन गरिने उल्लेख  गर्नुभयो । संविधान कार्यान्वयनको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz