रामचन्द्रको आरोप– संविधान कार्यन्वयनका बाधक एमाले र मधेशवादी दल - Bikash Poudel
Headlines News :
Home » , » रामचन्द्रको आरोप– संविधान कार्यन्वयनका बाधक एमाले र मधेशवादी दल

रामचन्द्रको आरोप– संविधान कार्यन्वयनका बाधक एमाले र मधेशवादी दल

काठमाडौं– नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी एमाले र मधेशवादी दलहरुमाथि संविधान कार्यान्वयनमा वाधक बनेको आरोप लगाएका छन् ।
काँग्रेस नेता पौडेलले एमालेले संविधान संशोधन हुनै हुन्न भन्ने अडान लिएर तथा मधेशवादी दलले संशोधन नगरेसम्म निर्वाचन नै हुन दिंदैनौं भनेर संविधान कार्यान्वयनमा व्यवधान सिर्जना गरेको आरोप लगाए । नेपाल प्रेस युनियनको काठमाडौ जिल्ला शाखाले शनिबार काठमाडौमा गरेको कार्यक्रममा काँग्रेस नेता पौडेलले बढी बाठो भएर कुनै हालतमा संविधान संशोधन गर्न दिंदैनौं भन्ने अभिव्यक्ति नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग
आग्रह गरे ।
उनले एमाले र मधेशवादी दल दुवैले कम्प्रोमाइज गरे संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने र कार्यान्वयनमा अहिले देखिएका चुनौती समाप्त हुने दाबी गरे ।
काँग्रेस नेता पौडेलले स्थानीय तहको पुनर्संरचना आयोगमाथि स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने काम गर्न नजानेको आरोप लगाए । गाउँ नै पिच्छे गाउँपालिका बनाउनुपर्ने सरल बाटो छोडेर आयोग बाङ्गोटिङ्गो बाटो हिंडेको उनको आरोप छ ।
उनले आयोगले अहिले प्रस्ताव गरेको माापदण्ड अनुसार स्थानीय तहको सीमाना र संख्या निर्धारण भए मुलुक नै दुर्घटनामा पर्ने सम्भावना औंल्याए ।
आयोगले स्थानीय तहको संख्या ५ सय ६५ भन्दा बढी नहुने गरी काम सक्न लागेकामा सरकारले ४ दिन पहिले इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्न आयोगलाई निर्देशन दिएको थियो ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz