बिकास पौडेल
असोज १४
पुर्वि चितवन रत्ननगर नगरपालिका वार्ड नम्बर ६ , मोहनामा रहेको श्री जनचेतना यूवा समूह मोहनाले सदाको झै यस बर्ष पनि दशै विविध साँस्कृतिक कार्यक्रम तथा दुर्गा पुजा आर्धाना कार्यक्रम गर्ने भएको छ । आफ्नो कला धर्म संस्कृति संरक्षण गर्न यूवालाई प्रोत्साहन हुने र संस्कृति संरक्षण मा टेवा पुग्ने संस्थाले बिश्वास गरेको अध्यक्ष खड्क बहादुर मैनालीले बताउनु भएको छ ।
अघिल्ल्लो बर्षमा झै यस बर्ष पनि घटस्थापनाको दिन बाट दुर्गा स्थापना गरि दैनिक पुजा आर्धाना हुने आज संस्थाले विज्ञप्ति निकालेर जानकारी गराएको छ । त्यस्तै यस बर्ष पनि संस्थाले सियोधागो प्रतियोगिता , सोलो साइकल प्रतियोगिता , बच्चाहरुलाई म्युजिकल चेयर , पुरुष र महिलाको छुट्टा छुट्टै म्याराथुन दौड , पिठोमा पैसा खोज्ने प्रतियोगिता , घैटो फुटाइ प्रतियोगिता , जेष्ठ नागरिक सम्मान कार्यक्रम र विशेष आकर्षण को रुपमा बिवाहित र अविवाहित पुरुषको फुटबल प्रतियोगिता हुने संस्थाका कोषाध्यक्ष शंकर पौडेलले जानकारी दिनु भएको छ । साथै देश विदेशबाट सहयोग आउने क्रम रहेकोले सम्पूर्ण नगर तथा वार्ड वासिलाई सहयोग गर्न र सहभागी हुन पौडेलले आग्रह गर्नु भएको छ ।