चितवन,असोज १०-
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी गर्न सरकारले बंगलनादेशवाट पानी भित्र खोजी गर्ने गोताखोरहरु ल्याउने तयारी गरेको छ ।आईतबार त्रिशुली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटनामा परेपछि आज घटनास्थल पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गोताखोरहरु ल्याउन पहल भैरहेको जानाकारी दिनुभयो । यसवारे आफुले प्रधानमन्त्रिसंग कुरा गरेको वताउनु भयो । मन्त्रि लेखकले पुर्व गृहमन्त्रीको अवस्था पत्ता लगाउन सरकारले सवै स्रोत र शक्ति परिचालन गरिएको वताउनु भयो ।उहांले सवै निकायलाई निर्देशन दिइसकेको र आवश्यक सामाग्री पनि ल्याइने तयारी भैरहेको जानाकारी दिनुभयो ।
मन्त्रि लेखकले घटनास्थलमा परिवार र
आफन्तका सदस्यलाई पनि भेट गर्नुभएको छ ।भेटमा मन्त्रिले आफन्तलाई खोजि
कार्यमा सरकारले कुनैकसर बाँकी नराख्ने भन्दै धर्यधारण गर्न आग्रह
गर्नुभयो।
घटना स्थलमा पुर्व गृहमन्त्रिको मोवाइल आज
दिउसो भेटिएको छ । आइतबार रातभर खोजी गरिएपनि जीप र घिमिरे परिवारका सदस्य
फेला परेका छैनन् । घिमिरेको खोजीका लागि २ सय सुरक्षाकर्मी परिचालन
गरिएको छ ।
सुरक्षाकर्मीहरुले त्रिशुली नदीका विभिन्न
भागमा खोजी कार्य जारी राखेका छन् । जसका लागि रामनगर, मुग्लीन, पुल साइड,
कालीखोला साइड, सेती त्रिशुली दोभान, कविलास, जुगेडी, रामनगर,
देवघाटलगायतका स्थानमा ब्लक बनाएर खोजी कार्य भइरहेको चितवन प्रहरी प्रमुख
बसन्त कुँवरले जानकारी दिनुभयो ।मुग्लीनबाट काठमाडौं तर्फ आउँदै गरेको जीप
आइतबार साँझ पाँच बजे घोप्टेभीरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा
खसेको थियो ।दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीय चैत्यकुमारी घिमिरे,
अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो ।