भदौ ३ चितवन
पव्लिक क्याम्पस संघ चितवनको रोहवरमा रहेका चितवनका क्याम्पसहरूले भारी मात्रामा शुल्क वृद्धि गरेको छ । यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारी वालकुमारी कलेज इकाइ कमिटीले आज एक विज्ञेप्ति निकालेर शुल्क वृद्धिको बिरोध गरेको छ । इकाइ सचिव बिकास कोइराला द्वारा जारी गरिएको विज्ञेप्तिमा तत्काल ४८ घण्टा भित्र शुल्क वृद्धिको निर्णय खारेज गर्न माग गरिएको छ भने खारेज नभएमा क्रान्तिकारी आन्दोलनमा उत्तने विज्ञेप्तिमा भनिएको छ ।