BREAKING NEWS : अोलि सरकारलाई अर्को झड्का - Bikash Poudel
Headlines News :
Home » , , » BREAKING NEWS : अोलि सरकारलाई अर्को झड्का

BREAKING NEWS : अोलि सरकारलाई अर्को झड्का

८ साउन , काठमाडौं । सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने भएको छ ।अहिले केहीबेरमा सुरु हुने राप्रपाको संसदीय समितिको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने सहप्रवक्ता किरण गिरीले बताए ।
उनका अनुसार बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने र प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देश गर्नेछ ।राप्रपाबाट श्रम मन्त्री बनेका दीपक बोहराले माओवादी बाहिरिएपछि आपूर्ती मन्त्रालयको जिम्मेवारी पनि सम्हालिएरहेका छन् । संसदमा राप्रपाका १२ सांसद छन् ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz