असार १९, रत्ननगर । राप्रपा नेपाल क्षेत्र नम्बर २ तथा रत्ननगर नगरसमितीको तेस्रो अधिवेशनले टिकाराम तामाङको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षमा प्रज्वल नेपाली, सचिवमा बलराम आचार्य, सहसचिवमा बालकुमारी चौधरी, कोषाध्यक्षमा कौशिला बस्नेत र सहकोषाध्यक्षमा बलराम गिरीलाई चयन गरेको हो । अधिवेशनको क्रममा निर्वा्चित कार्यसमितीलाई कार्यक्रमका प्रमुख अतिथी राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ । सो क्रममा उहाले ईमान्दारीताका साथ राष्ट्रको सेवामा लाग्न आफ्नो पार्टी सदैव तत्पर रहेको बताउदै उपस्थित कार्यकर्ताहरुलाई पार्टीलाई मजबूत बनाएर अगाडि लैजान एकता कायम रहनुपर्नेमा जोड दिनुभयो । अधिवेशनकाबीच निर्वा्चित व्यक्तिहरुलाई अबीर लगाई दोसल्ला ओढाएर अध्यक्ष तिमिल्सिनाले स्वागत गर्नुभएको राप्रपा नेपाल चितवनका सचिव जिवलाल पुरीले जानकारी दिनुभयो । यसैबीच, कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठनका केन्द्रिय सदस्य अनिल लामाले हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनता रहेको बताउदै यसको पुनस्र्थापनाका लागी आफुहरु सक्रिय भएर अगाडि बढ्ने धारणा राख्नुभयो । सो कार्यक्रममा राप्रपा नेपालका नारायणी अञ्चल सदस्य भरत रुपाखेती, राप्रपा नेपाल चितवनका सचिव जिवलाल पुरी, उद्योग व्यापार संगठन चितवनका अध्यक्ष डोलक प्रसाद पुडासैनी, जिल्ला सहसचिव हरिहर पौडेल लगायतको समेत उपस्थिती रहेको थियो । अधिवेशनको उद्घाटन सत्र निर्वमान क्षेत्रिय अध्यक्ष पिताम्बर आचार्यको अध्यक्षतामा भएको हो ।
Home »
Chitwan News
,
International News
,
National News
,
ne
» राप्रपा नेपाल रत्ननगरको अध्यक्षमा तमाङ निर्विरोध चयन