२३असार . चितवन
। पुर्वि चितवनको झुवानी स्रोत केन्द्रद्धारा सञ्चालित २०७३ सालको प्रथम त्रैमासिक परिक्षा अन्तर्गत आज हुने परिक्षाहरु स्थगीत गरिएको छ ।
आज ईस्लाम धर्मावलम्बीहरुको पर्व ईद परेकाले नर्सरीदेखि १० कक्षासम्मको सम्पुर्ण परिक्षा स्थगीत गरिएको झुवानी स्रोत केन्द्रका कार्यबाहक परिक्षा सचिब रामबहादुर बोगटीले जानकारी दिनुभयो ।
बोगटीका अनुसार आजका लागी तय भएको परिक्षा अब साउन २ गतेदेखि हुनेछ । ईदको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।