आज हरिशयनि एकादशि - Bikash Poudel
Headlines News :
Home » , , » आज हरिशयनि एकादशि

आज हरिशयनि एकादशि


३१, असार २०७३

आज असार शुक्ल एकादशी, घरघरमा तुलसीको
विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ।

हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका
रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान्
श्रीविष्णु(हरि) र तुलसीको पूजा अर्चना गरेमा
आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ।
हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि
क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको
प्रबोधनी (हरिबोधनी) एकादशीका दिन जागा
हुनुहुने उनले बताए । चतुर्मास अवधिमा श्रीविष्णु
(हरि) भगवान्को पूजा, आराधना, चिन्तन, मनन,
उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको
प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख
गरिएको छ ।
वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी
एकादशीको ठूलो महत्व रहेको भेटिन्छ ।
हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा
लिइन्छ। आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ। आज
घरघरमा तुलसी रोप्ने चलन छ।
स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र
तुलसीको बोट बिरुवामा जल चढाइरहने मानिसका
वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान
मानिसलाई सन्तान पैदा हुने जस्ता धेरै जनविश्वास
प्राचीन कालदेखि चलिआएका छन्।

हरिशयनी एकादशीका अवसरमा आज देशभरका मठ  मन्दिरमा दर्शनार्थीको भीड
लाग्ने गर्दछ।
हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई
भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु,
वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका
सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त
हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz