रत्ननगर मोहनामा रहेको जस्पाल देवी मन्दिर जिर्ण - Bikash Poudel
Headlines News :
Home » , , » रत्ननगर मोहनामा रहेको जस्पाल देवी मन्दिर जिर्ण

रत्ननगर मोहनामा रहेको जस्पाल देवी मन्दिर जिर्ण

बिकास पौडेल

११ साउन ।
पुर्वी चितवन रत्ननगर नगरनगरपालिका–६, मोहनामा रहेको जस्पाल देवी मन्दिर जिर्ण भएको छ ।परापुर्वकाल देखि मौलोमा पुजा आरधाना गरिदै आएको जस्पाल देवी को करिब वि.सं. २०५० तिर मन्दिर स्थापना भएको थियो । स्थानियको सामुहिक सहयोगमा मन्दिर स्थापना गरिएको थियो । मन्दिरमा अहिले ढलान गरेको ठाउँ बाट पानी चुहिन थालेको छ । भने सिमन्टिको चपरि परेर झर्न थालेको छ । मन्दिर दर्ता भइसकेकाले स्व्त सरकारि स्वामित्वमा जान्छ भने पनि हुन्छ तर मन्दिर जिर्णद्धार गर्नको लागि स्थानिय संग उठाएको रकमले मात्र सम्भव नरहेको र पटक पटक स्थानिय निकायको ध्यानाकर्षण गराउदा पनि स्थानिय निकायले खासै ध्यान नदिएको स्थानिय युवा बिकाश पौडेलले बताउनु भएको छ । पाडेलले देश विदेशमा रहनु भएका स्थानियलाई र स्थानिय निकाय नगरपालिकालाई पनि मन्दिर जिर्णद्धार गर्नको लागि आर्थिक सहयोग गरि आफ्नो कला,धर्म र संकृति संमक्षण गर्न सहयो गर्न आग्रह गर्नु भएको छ । जस्पालदेवि मन्दिर निमार्णको लागि हाल रत्ननगर–६, मोहना निवाशि बासुदेव पोखरेलले पाँच धुर जग्गा दान गर्न भएको थियो भने उहाँले दैनिक निशुलक रुपमानै पुजा आरधाना गर्दै आउनु भएको छ

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz