काठमाडौं, ३१ असार । विप्लव नेतृत्वको नेकपा माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर उसले नेपाल बन्द सहितको कार्यक्रम घोषणा गरेको छ । घाषित आन्दोलनको कार्यक्रम अनुसार साउन १० गते नेपाल बन्दको आयोजना गरिएको छ ।
सर्लाही जिल्लाको सगनाथ गाविसमा रहेका सकुम्बासी बस्तिमा प्रहरी दमन गरिएको र बस्ती हटाउने कार्य गरिएको विरोधमा उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रेस वक्तव्य जारी गर्दै आन्ददोलनको घोषणा गरेका छन् ।
घोषित कार्यक्रम अनुसार साउन १ गते पत्रकार सम्मेलन गरी देशव्यापी आन्दोलन घोषणा गर्ने, साउन २ गते विहान ९ बजेदेखि ११ बजेसम्म चक्काजाम, तीन गते देशभर अन्र्तक्रिया कार्यक्रम, ५ गते जनप्रदर्शन र १० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ । त्यस्तै ११ गते मानवअधिकारवादीलाई परिचालन गर्ने कार्यक्रम छ ।
Home »
Chitwan News
,
International News
,
National News
» विप्लव माओवादीले नेपाल बन्द सहितका आन्दोलनको कार्यक्रम घोषणा