अमेरिका जाने प्रक्रिया सजिलो - Bikash Poudel
Headlines News :
Home » , » अमेरिका जाने प्रक्रिया सजिलो

अमेरिका जाने प्रक्रिया सजिलो

काठमाडौं, ४ जेठ
अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।
यही जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ ।
जेठ १९ गते लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले राहदानी, पुराना राहदानी, कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटोलगायतका कागजात साथमा लिनुपर्ने छ ।
आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु नपर्ने र यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाईमा छाड्न लगाइने दूतावासले जनाएको छ ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz