मनिषा हत्या आरोपी भन्छन्,‘फेसबुक पोष्टको बिषयमा झगडा परेको थियो’ - Bikash Poudel
Headlines News :
Home » , , » मनिषा हत्या आरोपी भन्छन्,‘फेसबुक पोष्टको बिषयमा झगडा परेको थियो’

मनिषा हत्या आरोपी भन्छन्,‘फेसबुक पोष्टको बिषयमा झगडा परेको थियो’

घरमा आज बिहान मृत फेला परेकी १७ वर्षीया मनिषा घर्तीमगरको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनी राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी हुन् । प्रहरीले अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मनिषाको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धान थालेको हो ।
मनिषा आमासंगै बर्दघाटस्थित घरमा बस्दै आएकी थिइन् । आमा बुटबल गएको बेला गाउँकै आशिष भनिने रुद्रनारायण चौधरी बुधबार साँझ घरमा आएका थिए ।
प्रहरीले घटनाको अनुसन्धानको लागि चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो । भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् ।
‘एक बोत्तल बियर खाएर गएको थिएँ । फेसबुकमा लेखिएको पोष्टको बिषयमा झगडा पर्यो', चौधरीले बयानमा भनेका छन्,'म उनको घरबाहिर निदाएँ । राति ११ बजे ब्यूझिएर हेर्न जाँदा कोठामा सलले पासो लगाएर झुण्डिएको अबस्थामा देखें, सलवाट निकाल्दा मृत्यु भइसकेको रैछ '
चौधरी मनिषाको घरमा बुधबार मात्रै ४/५ पटक आउजाउ गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनीहरुबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो ।
चौधरीले उनको सल घरभन्दा पश्चिमको पेट्रोलपम्प नजिकमा फालेको प्रहरीले जनाएको छ ।
चौधरी राति ११ बजे मनिषाको घरबाट आफ्नो घरमा पुगेको प्रहरीले जनाएको छ ।
मनिषाले कक्षा ११ को परीक्षा सकेर बसेकी हुन् भने चौधरी एसएलसी अनुत्तीर्ण हुन् ।
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषाको घाँटीमा निलडाम छ र कोठामा रगतको टाटा पनि देखिएको छ । शवको पोष्टमार्टमको लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको उनले जानकारी दिए ।

Share this article :

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz