माओवादी केन्द्रको कार्यविभाजन स् बहुपदीय वा एकपदीय प्रणाली जाने भन्नेमा विवाद - Bikash Poudel
Headlines News :
Home » , , » माओवादी केन्द्रको कार्यविभाजन स् बहुपदीय वा एकपदीय प्रणाली जाने भन्नेमा विवाद

माओवादी केन्द्रको कार्यविभाजन स् बहुपदीय वा एकपदीय प्रणाली जाने भन्नेमा विवाद

काठमाडौं– ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय विवादमा परेपछि नेकपा माओवादी केन्द्रले नेताहरुको कार्य्विभाजमाथि दुई विकल्पमा बहस थालेको छ । आइतवार बसेको महाधिवेशन आयोजक समिति वैठकमा प्रचण्डले कार्य्विभाजनका दुई विकल्प अगाडि सारेका छन् ।
तर, आजको वैठक स्थगित भएको छ । थप गृहकार्य गरेर अगाडि बढने भन्दै सोमवार दिउँसो १ बजेसम्मका लागि वैठक स्थगित भएको छ । माओवादी केन्द्रभित्र एकपदीयमा जाने वा बहुपदीयमा जाने भन्ने विषयमा फरक–फरक मत छन् । ‘कार्य्विभाजन टुंगाएर भोलिको वैठकमा अध्यक्षले कार्य्विभाजनको प्रस्ताव ल्याउनु हुन्छ ।’ प्रवत्ता दीनानाथ शर्माले वैठकपछि संवाददाताहरुसँग भने ।
माओवादी केन्द्रको कार्यविभाजन स् बहुपदीय वा एकपदीय प्रणाली जाने भन्नेमा विवाद


अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र कोषाअध्यक्षसहित पोलिटव्यूरोसम्मका संरचना बनाएर जाने प्रचण्डको पहिलो विकल्प छ । प्रदेश तहका इन्चार्जदेखि अन्यको सम्म पद विभाजनको विषय यो विकल्पमा परेको छ ।


अध्यक्ष, कार्यलय टीम र पोलिटव्यूरो सदस्यसम्मको संचरना बनाएर जाने प्रचण्डको दोस्रो विकल्प छ ।

कुन विकल्प अनुसार अगाडि जाने भन्ने विषयमा शीर्ष तहमा टुंगाएपछि आयोजक समितिबाट अनुमोदन गराउने प्रचण्डको तयारी छ ।

त्यसैगरी प्रचण्डले आजको वैठकमा रिपोर्टिङ गरेपछि वैठकका एजेन्डा राखेका थिए ।
पदाधिकारी, सचिवालय, जवसमोर्चा र प्रदेशको कार्य्विभाजन देखि तत्कालीन कार्यक्रम  राष्ट्रिय सम्मेलन कार्य्विधि, शान्ति प्रक्रिया, सदन र सरकार लगायतका एजेन्डा पनि वैठकमा राखेका छन् ।

आजको वैठक शुरु गर्दै प्रचण्डले भनेम्क्ऋ)द्धठछण्
–विभाजित माओवादीहरु एकीकरण भएर केन्द्र बनेपछि प्रतिक्रियावादी शक्तिहरु आत्तिएका छन् । उनीहरुले माओवादीलाई फुटाएर सकिने रहेनछ भन्ने सोचेका छन् । उनीकावीच माओवादी जुर्मराए उठाएर भन्ने सन्देश दिएका छन् ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz