टिके प्रथा भन्दै प्रेस चौतारी भक्तपुरका ३३ जनाद्वारा सामूहिक राजीनामा - Bikash Poudel
Headlines News :
Home » , » टिके प्रथा भन्दै प्रेस चौतारी भक्तपुरका ३३ जनाद्वारा सामूहिक राजीनामा

टिके प्रथा भन्दै प्रेस चौतारी भक्तपुरका ३३ जनाद्वारा सामूहिक राजीनामा

भक्तपुर – प्रेस चौतारी भक्तपुरका अध्यक्षसहित सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

आज १३ सदस्यीय सिङ्गो कार्यसमिति, सल्लाहकार र ३२ जना सदस्यले प्रेस चौतारीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईले जानकारी दिए ।

प्रेस चौतारी भक्तपुरको आज बसेको बैठकले सङ्गठनको नीतिनियमभन्दा पनि नेकपा ९एमाले०का नेताको निर्देशन र नेताको चाकडीका आधारमा आ–आफ्ना मान्छेलाई टीका लगाएर सङ्गठन बनाउने र प्रेस चौतारी चलाउने परिपाटी भएको ठहर गरी त्यसप्रति खेद प्रकटसमेत गरेको छ ।

नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका नाममा एमाले नेताको आशीर्वाद प्राप्त व्यक्तिलाई टीका लगाइएको भन्दै बैठकले निन्दासमेत गरेको छ ।

लोकतान्त्रिक विधिअनुसार चुनावी मैदानमा उत्रिएर चुनावी नतिजा स्वीकार्न तयार सङ्गठनका इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाउने काम भएको निष्कर्ष निकालेको बजगाईले बताए । रासस


Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz