असन्तुष्टिबीच महतो र ठाकुरबीच भेटवार्ता - Bikash Poudel
Headlines News :
Home » , , » असन्तुष्टिबीच महतो र ठाकुरबीच भेटवार्ता

असन्तुष्टिबीच महतो र ठाकुरबीच भेटवार्ता

काठमाडौं – मधेसी मोर्चासम्मिलत संघीय गठबन्धनमा चुलिदो असन्तुष्टिका बीच तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच शनिबार भेटवार्ता भएको छ । तमलोपाको पार्टी कार्यालयमा भएको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

संघीय समाजवादी फोरम नेपाल उपेन्द्र यादव संयोजक रहेको गठबन्धनभित्र मधेसी मोर्चाका यी दुई पार्टी असन्तुष्ट रहेका छन् ।

चबवभलमचब(mबजयतयत(बलम(mबजबलतब(तजबपगच(तबmबयिउब(कबमबदजबधबलब(तमलोपा(र(सद्(भावनाआजको बैठकमा दुई नेताहरुबीच गठबन्धनमा मोर्चाको भविष्यबारे गम्भिर छलफल भएको बुझिएको छ । आगामी दिनमा गठबन्धनमा नै रहेर आन्दोलन गर्ने वा मोर्चाले छुट्टै आन्दोलन गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको थियो ।

यद्यपि, अध्यक्ष महतो भने आफू अध्यक्ष ठाकुरको स्वास्थ्यस्थिति बुझ्न मात्र पुगेको बताए । ‘दिल्लीमा उपचारपछि फर्कनु भएका ठाकुरजीसँग भेट भएको थिएन । वहाँको स्वास्थ्यबारे मात्र बुझ्न पुगेको हुँ,’ उनले भने । उनले गठबन्धनमा मिडियामा आएजस्तो कुनै असन्तुष्टि नरहेको दाबी गरे ।

महतोले यस्तो दाबी गरिरहँदा गठबन्धनभित्र कति विवाद छ भन्ने कुरा यादवका प्रेस संयोजक महेश चौरसियाले महतोलाई लक्षित गर्दै लेखेको खुल्ला पत्रले पनि धेरै कुरा स्पष्ट पार्दछ । सद्भावनाका नेताहरु उक्त पत्र उपेन्द्र यादवले नै चौरसियामार्फत लेख्न लगाएको दाबी गर्छन् ।

महतो र ठाकुरको अनुपस्थितिमा यादवले आफूलाई गठबन्धनको संयोजक घोषणा गरेपछि गठबन्धनमा विवाद सुरु भएको हो । तमलोपा र सद्भावनाका शीर्ष नेताहरुले यादवले प्रक्रिया मिचेर आफूलाई संयोजक घोषणा गरेको आरोप लगाउँछन् । ‘हामीलाई व्यक्तिसँग होइन, प्रक्रियासँग असन्तुष्टि हो । अन्य पार्टीका अध्यक्षको अनुपस्थितिमा आफूलाई संयोजक घोषणा गर्नु बेइमानी हो,’ तमलोपमा एक नेताले रातोपाटीसँग कुरा गर्दै भने, ‘यस्तो पाराले कसरी गठबन्धन चल्छ रु’

असन्तुष्टि बढेपछि तमलोपा र सद्भावनाका नेताहरुले गठबन्धनको बैठकनै बहिस्कार गरेका थिए । अहिले पनि दुई दिने सिंहदरबार घेराऊपछि तमलोपा र सद्भावनाका अध्यक्षद्वय गठबन्धनको कुनै पनि कार्यक्रममा उपस्थित छैनन् । जबकी उपेन्द्र यादव भने सबै कार्यक्रममा पुग्ने गरेका छन् ।

तपाईंहरु पनि सभामा यादवसँगै उपस्थित हुनुपर्ने होइन रु भन्ने प्रश्नमा अध्यक्ष महतो भन्छन्, ‘हामीले पार्टीमा विकेन्द्रीकरणको सिद्धान्त अप्नाएका छौं । हरेक कार्यक्रममा अध्यक्ष नै जानुपर्दैन । सबै कार्यक्रममा हामीले पार्टीका नेताहरु खटाएका छौं । वहाँहरुले नै पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ ।’ अध्यक्ष महतोले आफू उपस्थित नहुँदैमा आन्दोलनलाई असहयोग गरेको भनेर नबुझ्न आग्रह पनि गरे ।


Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz